नेकपा रामेछाप युवा सम्मेलन सम्पन्न
नेपाल कम्युनिस्ट पार्टी रामेछाप जिल्ला समिति अन्तर्गत d2 को युवा संगठन नेपालको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ। उद्घाटन कार्यक्रम मन्थली सदरमुकाममा भएको थियो। सम्मेलनले देव सीको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।
सम्मेलनलाई जिल्ला इन्चार्ज इन्द्र सीले कार्यक्रम उद्घाटन गर्दै बधाई तथा शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा D2 सेक्रेटरी शंकर सी, अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सचिवालय सदस्य विनोद सी, खाँडादेवी गाउँपालिका इन्चार्ज प्रवीण सी ,अखिल (समाजवादी) का जिल्ला अध्यक्ष विवेक सी लगायतले सम्मेलनमा सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो। कार्यक्रममा जिल्ला समिति सदस्य दीपक सी,अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका अध्यक्ष अम्बिका सी,अखिल (समाजवादी)का कोष अध्यक्ष मनिता सी युवा संगठन नेपालको d1 संयोजक युवल सी लगायतका नेताहरुको उपस्थित रहेको थियो। युवा संगठन नेपालको ताम्सालिङ ब्युरो संयोजक अजय सीले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका थिए। नवनिर्वाचित अध्यक्ष देव सीले प्रतिबध्दता सहित कार्यक्रम समापन गरेका थिए।।


Post a Comment