Ticker

6/recent/ticker-posts

Ad Code

सेलेघाटमा माझी भाषा पढाइ तथा लेखाइ प्रवाह कक्षा

 १३असार २०८२,रामेछाप 

 
रामेछाप जिल्लाका माझी समुदायमा आफ्नो मातृभाषाको संरक्षण र प्रवर्द्धनका लागि माझी भाषा पढाइ तथा लेखाइ प्रवाह कक्षा सञ्चालन भइरहेको छ। 
रामेछाप मझे सावाको आयोजनामा र हिमाली आदिवासी समाज काठमाडौं नेपालको आर्थिक सहयोगमा सञ्चालित यो एकमहिने कार्यक्रम जिल्लाका १० माझी गाउँमा प्रभावकारी रूपमा चलिरहेको छ।कार्यक्रमको सुरुवातमा जिल्लाभरका १५ माझी गाउँमा तीनदिने प्रशिक्षार्थी प्रशिक्षण आयोजना गरिएको थियो। उक्त प्रशिक्षणबाट छनोट भएका प्रशिक्षार्थीहरूलाई समावेश गरी माझी भाषाको सरल स्थानीय पाठ्यक्रम तयार गरिएको छ।
हाल सञ्चालित कक्षामा प्रत्येक गाउँबाट २५ जना स्थानीय माझी समुदायका सहभागीहरूले भाग लिइरहेका छन्।सेलेघाटमा सञ्चालित यो कक्षाका प्रशिक्षक तथा खाँडादेवी प्राथमिक विद्यालयका पूर्वप्रधानाध्यापक सिरबहादुर माझीले यो प्रशिक्षणले सहभागीहरूलाई माझी भाषामा पढ्ने र लेख्ने सीप प्रदान गर्नुका साथै माझी साहित्यको अध्ययन र सृजनामा समेत सक्षम बनाउने बताउनुभयो।
यो कार्यक्रमले माझी समुदायको भाषा, संस्कृति र पहिचानलाई जीवन्त राख्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Post a Comment

0 Comments