Ticker

6/recent/ticker-posts

Ad Code

पर्सा निवासी समाजसेवी धनराज बोम्जनको निधन

 असार१२,
धनराज बोम्जनको निधन


     ठोरी गाउँपालिका वडा नम्बर ३ बुद्धनगरका वरिष्ठ समाजसेवी धनराज बोम्जनको निधन भएको छ। १९९३ चैत २९ गते रामेछाप जिल्लाको बेतिनीमा जन्मिएका बम्नजनको हिजो ८९ वर्षको उमेरमा  निधन भएको हो।स्वासप्रस्वासको समस्या देखिएकाले केहीदिन अघिमात्र उपचारकालागि काठमाडौ ल्याइएको बोम्जन्को हिजो बेलुका काठमाडौ जोरपाटी स्थित मेडिकल कलेजमा निधन भएको पारिवारिक  स्रोतले जानकारी दिएको छ।
           उहाँ बिक्रम सम्बत २०२२ सालमा रामेछाप जिल्ला बेतिनीबाट  बसाईसराई गरि पर्सा जिल्लाको ठोरीमा  स्थायी बसोबास गर्दै आउनु भएको थियो।नेपाली सेनामा कार्यरत रहने क्रममा पर्सा ठोरीमा खटिनु भएको उहाले सुरुआतमा नेपाल भारत सीमावर्ती क्षेत्र ठोरीमा  बस्ती बसाल्न निक्कै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।विभिन्न सामाजिक सेवामा सक्रिय उहाँ ठोरी ३ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओडारका पूर्व वि व्य स अध्यक्ष र नेपाल तामाङ घेदुङ संघ पर्साका जिल्ला अध्यक्ष समेत हुनु भएको  थियो।
    साविक निर्मलबस्ती गा वि स का नेपाली काँग्रेसका उपसभापति समेत रहनु भएको  बोम्जन संघीयता आएपछिका नेपाली काँग्रेस ठोरी ३ का संस्थापक सभापति रहि राजनीतिमा पनि सक्रिय रहनु भयो।
उहाँले ठोरी स्थित बेलपिपल समूहको संस्थापक अध्यक्ष र नागरिक समाज मन्चको अध्यक्षको भुमिका पनि निर्बाह गर्नु भएको थियो।
      समाजसेबी बोम्जनको  आज  बिहान काठमाडौ स्थित स्वयम्भुमा बौद्ध परम्परा अनुसार अन्त्यष्टि गरिने वहाँको जेठा छोरा ज्ञानराज बम्जनले हामिलाई जानकारी दिनु भयो।

Post a Comment

0 Comments